logo

२०८३ बैशाख १० बिहीबार

logo
  • २०८३ बैशाख १० बिहीबार
  • एमाले फर्किएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित

    1.1KShares
    एमाले फर्किएकी रामकुमारी झाँक्री केन्द्रीय सदस्य निर्वाचित

    काठमाडौं । नेकपा (एमाले)को ११औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि भएको मतदानमा खुला महिलातर्फ केन्द्रीय सदस्यमा रामकुमारी झाँक्री विजयी भएकी छन् । उनले १९११ मत प्राप्त गर्दै विजयी हासिल गरेकी हुन् ।

    झाँक्रीले सचिवमा आकांक्षा राखे पनि संस्थापनमा भागबण्डा नमिलेपछि उनी केन्द्रीय सदस्यमा मात्र उम्मेदवार बनेकी थिइन् ।

    झाँक्री एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीमा पुगेकी थिइन् । अहिले फेरि उनी एमालेमा फर्किएर संस्थापन समूहबाट केन्द्रीय सदस्यको उम्मेदवार बन्दा लोकप्रिय मतसहित विजयी भइन् ।

    ०७८ सालमा एमाले विभाजन हुँदा एकीकृत समाजवादीतिर लागेकी झाँक्री गत कात्तिकमा पुनः एमालेमै फर्किएकी थिइन्।



    फास्ट न्युज    
  • २०८२ पुष ३, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट