logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • गण्डकीमा सभामुखले मनपरी गरेको भन्दै कांग्रेसको बिरोध

    1.2KShares
    गण्डकीमा सभामुखले मनपरी गरेको भन्दै कांग्रेसको बिरोध

    सभामुख कृष्ण धितालले मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेपछि कांग्रेस सांसदहरुले नाराबाजी गरेको छ। गण्डकी प्रदेशमा सभामुख कृष्ण धितालले संविधान र सर्वोच्च अदालतको फैसलाको अपव्याख्या गर्दै मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाएको घोषणा गरेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सभामुखको घोषणालाई असंवैधानिक भनेको छ र, यसविरुद्ध कानुनी उपचारमा जाने बताएको छ ।

    मुख्यमन्त्री अधिकारीले आइतबार प्रदेशसभा बैठकमा पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमा मतदान हुँदा एमालेका २२, माओवादीका ७ र स्वतन्त्र प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले पक्षमा मत दिए ।
    कांग्रेसका २७ जनाले विपक्षमा मत हाले भने राप्रपाका २ सांसद तटस्थ बसे । प्रदेशसभा सचिवालयका कर्मचारीहरुले मत गणना गरेर दिएपछि सभामुख घितालले प्रदेशसभालाई त्यही जानकारी गराए । त्यसपछि उनले ६० सदस्यीय गण्डकी प्रदेशसभामा आफू पनि सदस्य रहेको र आवश्यक पर्दा मतदान गर्ने अधिकार आफूसँग रहेको जिकिर गरे ।

    लगत्तै कांग्रेस सांसदहरु नाराबाजी गर्दै वेल घेराउ गर्न पुगे । तर सत्ता गठबन्धनको निर्णयअनुसार अगाडि बढेका सभामुख धिताल रोकिएनन् ।
    संविधानको धारा १८६ मा प्रदेशसभामा निर्णयका लागि प्रस्तुत जुनसुकै प्रस्तावको निर्णय उपस्थित भई मतदान गर्ने सदस्यको बहुमतबाट हुने भनिएको भन्दै उनले अगाडि भने, ‘‘माननीय मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मतका लागि पेश गर्नुभएको प्रस्तावको पक्षमा संख्या ३० छ, उक्त संख्या नेपालको संविधानको धारा १८६ को व्यवस्था र १७ गते भएको सर्वोच्चको आदेशको अन्तरनिहित मर्म र भावना अनुरुप देखिएकाले माननीय मुख्यमन्त्री खगराज अधिकारीले राख्नुभएको विश्वासको मतको प्रस्ताव प्रदेशसभाबाट बहुमतले पारित भएको घोषणा गर्दछु



    फास्ट न्युज    
  • २०८१ बैशाख २३, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार