काठमाडौं । जेनजीको एक समूहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त प्रेमकुमार राईको राजीनामा माग गर्दै दबाब दिएको छ ।उनीहरुले काठमाण्डौको टंगालमा रहेको अख्तियार मुख्यालय पुगेर बिहान प्रदर्शन गरेका हुन् । उनीहरूले राईको राजीनामाको मागसहित निवेदन दर्ता गराएका छन् ।
अलाइन्सले हिजो इमेलमार्फत राजीनामा माग गरेका थिए । प्रमुख आयुक्त राई वाइडबडी, नक्कली भुटानी शरणार्थी प्रकरणलगायत काण्डमा जोडिएकोले पदमा रहनु उपयुक्त नहुने अलाइन्सको भनाइ छ ।निवेदनमा उनीहरुले ७५ जना नेपाली नागरिकले कुशासन, भ्रष्टाचार र दण्डहीनताको अन्त्य गर्नका लागि दिएको सहादतलाई सम्मान गर्दै नैतिकताको आधारमा तपाईंलगायत सम्पूर्ण आयुक्तलाई तत्काल राजीनामा दिनका लागि आह्वानका साथै यस पत्रमार्फत दबाब दिन्छौँ भन्ने उल्लेख छ । सो को बोदार्थ प्रधानमन्त्रीको कार्यालय, गृहमन्त्री, अर्थमन्त्री र कानुनमन्त्रीलाई समेत दिइएको छ ।जेनजी युवाहरुले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा नियुक्त भएका ५२ संवैधानिक पदाधिकारीहरुको नियुक्ति खारेज हुनुपर्ने माग गर्दै आएका छन् ।
© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया