logo

२०८३ जेष्ठ २८ बिहीबार

logo
  • २०८३ जेष्ठ २८ बिहीबार
  • भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता

    1KShares
    भारतीय विदेशमन्त्री जयशंकरको चिनियाँ राष्ट्रपति जिनपिङसँग भेटवार्ता

    काठमाडौँ । भारतका विदेशमन्त्री एस. जयशंकरले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका छन् । जयशंकरले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा यस भेटघाटको बारेमा जानकारी दिएका छन् ।

    जयशंकरले भनेका छन्- ‘मैले सी जिनपिङलाई हामी (भारत र चीन) बीचको द्विपक्षीय सम्बन्धको हालैको विकासको बारेमा जानकारी गराएको छु । यस सम्बन्धमा हाम्रा नेताहरूको मार्गदर्शनलाई हामी अत्यन्त महत्त्वपूर्ण ठान्छौं ।’

    विदेशमन्त्री जयशंकर सांघाई सहयोग संगठन (एससीओ) को सम्मेलनमा भाग लिन चीनमा रहेका छन् ।

    यसअघि सोमबार एस. जयशंकरले चिनियाँ विदेशमन्त्री वाङ यीलाई भेटेका थिए । बैठकपछि उनले भारत र चीन बीचको द्विपक्षीय सम्बन्ध सहित सीमा सम्बन्धी मुद्दाहरूको समाधानको बारेमा छलफल भएको बताएका थिए ।

    पूर्वी लद्दाखमा वास्तविक नियन्त्रण रेखा (एलएसी) मा २०२० मा सैन्य गतिरोध र त्यसपछि दुई देशबीचको सम्बन्धमा तनाव पछि यो विदेशमन्त्री एस. जयशंकरको पहिलो चीन भ्रमण हो ।



    फास्ट न्युज    
  • २०८२ असार ३१, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट