काठमाडौं।पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्।चिनियाँ कम्युनिष्ट पार्टी र चीन सरकारको निमन्त्रणामा पूर्वराष्ट्रपति भण्डारी जेठ १० गते चीन भ्रमणमा जान लागेकी हुन्।
भण्डारीसँग नेकपा (एमाले) का केही नेताहरू समेत चीन भ्रमणमा जाने बताइएको छ ।भ्रमणमा क्रममा उनले बेइजिङमा चिनियाँ उच्च अधिकारीसँग भेटवार्ता गर्ने उनी निकट स्रोतले जनाएको छ । पूर्वराष्ट्रपति भण्डारी चीनमा एक साता रहनेछिन्। त्यसक्रममा उनले केही राजनीतिक भेटघाटसमेत गर्ने कार्यक्रम रहेको ती नेताले बताए ।पूर्वराष्ट्रपति भण्डारीले सक्रिय राजनीतिमा आउन नेता तथा कार्यकर्ताबीच तीव्र भेटघाट गरिरहेकी छन् । उनी भदौमा चीन भ्रमणमा जाने तयारी भए पनि स्थगित भएको थियो ।उनी दुई कार्यकाल राष्ट्रपति भएकी थिइन्। राष्ट्रपति कार्यकाल पूरा भएपछिको यो पहिलो विदेश भ्रमण हो।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया