काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले स्वास्थ्य विज्ञान विश्वविद्यालय निर्माणको कुरामा सबैले प्रतिबद्धता जनाएको बताएकी छन् ।
बिहिबार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा भएको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि संशोधनकर्तासँग छलफलमा उनले स्वास्थ्य विज्ञान विश्वविद्यालय आवश्यक छ भन्ने कुरा आम रुपमा उठेको र संसदमा सबैले प्रतिबद्धता पनि जनाएको भन्दै सबैले एकजुट भएर विश्वविद्यालय निर्माण गरेर जानुपर्ने बताइन् ।
शिक्षा पत्रकार सञ्जाल, नेपाल (इजोन)ले बिहीबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री भट्टराईले त्रिभुवन बिश्वविद्यालयको सुधारका लागि ध्यान केन्द्रीत गरेको तर आफुले केहि पहल गर्दा मन्त्रीले हस्तक्षेप गरेको आरोप आउने गरेको जिकिर गर्नुभयो । विश्वविद्यालयको सुधारका लागि पहिलो भूमिका पदाधिकारीहरुले निर्वाह गर्नुपर्ने उहाले बताएका छन् |
मन्त्री भट्टराईले कक्षा १० को परिक्षाको सम्पूर्ण जिम्मेवारी प्रदेश सरकारलाई हस्तान्रण गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । नजितालाई सुधार गर्नका लागि पनि काम भइरहेको उहाको भनाइ छ । उहाले १२ कक्षाको रजिस्ट्रेशन शुल्कका लागि राजस्व छुट गरिने बताउनुभयो । मन्त्री भट्टराईले छात्रवृतिलाई प्रभावकारी बनाउन ऐनलाई नै संशोधन गरि लक्षित बर्गसम्म पुराउने बताउनुभयो । उहाले शिक्षा क्षेत्रको सुधारका लागि अहिलेको बजेट अपुग हुने भएकाले संघ लगाएत प्रदेश र स्थानीय तहले पनि शिक्षा क्षेत्रका लागि बजेट बढाउनुपर्ने जिकिर गरेका छन् ।
मन्त्री भट्टराईले क्यालेन्डर अनुसार काम भइरहेको र कुनै कमजोरी भए सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाउनुभयो । उहाले यसअघि बिशेषपरिस्थीतिमा स्थापना भएका दल निकट शिक्षक संगठनहरु अहिलेको अवस्थामा आवश्यक नरहेको जिकिर गरे ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया