logo

२०८३ बैशाख ५ शनिबार

logo
  • २०८३ बैशाख ५ शनिबार
  • महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’खोप दिइने

    877Shares
    महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’खोप दिइने

    काठमाडौं । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभीखोप’ देशैभर निःशुल्कदिने भएको छ ।
    आगामी  माघ २२ गतेदेखि देशैभर पाठेघरको मुखमा  हुने क्यान्सर विरुद्धको ‘एचपीभीखोप’निःशुल्क   दिइने स्वास्थ्य  तथा  जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
    पछिल्लो समय   पाठेघरको मुखमा   हुने क्यान्सरका कारण   अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको कारण   उक्त जोखिमन्यूनीकरण गर्ने उद्देश्यले करिब १७  लाख  किशोरीलाई खोप दिन  लागिएको स्वास्थ्य तथा  जनसङ्ख्या मन्त्रालयले  जानकारी दिएको हो ।
    मन्त्रालय  विश्वक्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमाअध्ययनरत कक्षा ६ देखि १० सम्मकाछात्रा र विद्यालयनजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन  लागेको हो ।१६  लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने सरकारको लक्ष्य  रहेको छ ।
    १८हजार नौ सय विद्यालयमाखोप केन्द्र र आठहजार दुई सय अन्यखोप केन्द्र रहनेछन् भने २७हजार ८० जना स्वास्थ्यकर्मीहरु परिचालित  हुनेछन् ।
    उक्तअभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक  खटाइनेछ । १५  हजार छ सय ७४ सुपरिवेक्षकहरु संलग्न हुनेछन् ।



    फास्ट न्युज    
  • २०८१ मंसिर ३, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट