logo

२०८३ बैशाख २३ बुधबार

logo
  • २०८३ बैशाख २३ बुधबार
  • दयाहाङ विराटनगरको एम्बेसडर नियुक्त

    922Shares
    दयाहाङ विराटनगरको एम्बेसडर नियुक्त

    काठमाडौं । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।

    आइतबार काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।

    ब्राण्ड एम्बेसेडरको रूपमा बिराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए ।

    उनले भने, ‘बिराटनगर किङ्ग्सको लागि यो एउटा नयाँ आयाम हो । बिराटनगर किङ्ग्सले यो अवसर दिएकोमा धेरै धेरै धन्यवाद ।  टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ ।’

    साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरुलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठूलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।



    फास्ट न्युज    
  • २०८१ मंसिर २, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट