logo

२०८२ मंसिर २८ आईतवार

logo
  • २०८२ मंसिर २८ आईतवार
  • एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

    820Shares
    एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर सुनको भाउमा नयाँ रेकर्ड

    काठमाण्डौ – सुनको भाउ आज एकैदिन तोलामा तीन हजार रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको भाउ अहिलेसम्मकै उच्च तोलामा एक लाख ५६ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

    हिजो सुनको भाउ तोलामा एक लाख ५३ हजार तीन सय रुपैयाँ रहेको थियो । यसअघि अस्ति बुधवार सुनको भाउले तोलाको एक लाख ५६ हजार चार सय रुपैयाँ पुगेर रेकर्ड बनाएको थियो ।

    त्यस्तै आज चाँदीको भाउ पनि एकैदिन  तोलामा ६५ रुपैयाँले बढेको छ । आज चाँदीको भाउ तोलामा एक हजार आठ सय ६० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार सात सय ९५ रुपैयाँ थियो ।



    फास्ट न्युज    
  • २०८१ भाद्र २८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार