logo

२०८१ माघ ७ सोमबार

logo
  • सोमबार, ७ माघ २०८१
  • बैङ्किङ्ग कसूरजन्य कार्यको कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक छः अर्थमन्त्री

    बैङ्किङ्ग कसूरजन्य कार्यको कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक छः अर्थमन्त्री

    546
    SHARES
    बैङ्किङ्ग कसूरजन्य कार्यको कारबाहीलाई प्रभावकारी बनाउन आवश्यक छः अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले, बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुने चेक अनादार जस्ता कसूरजन्य कार्यको कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक रहेको बताएका छन् ।
    आइतबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा भएको ङ्किङ्ग कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० माथिको छलफलमा उनले बैङ्किङ्ग तथा वित्तिय प्रणालीको कारोबारमा हुने कसूरजन्य कारबाहीलाई व्यवस्थित र प्रभावकारी बनाउने गरी बैङ्किङ्ग कसूर तथा सजाय विधेयक संशोधन गर्न आवश्यक रहेको बताएका हुन् ।



    बैंकिङ क्षेत्रको चेक अनादरको समस्या समाधान गर्न यससम्बन्धी कानूनलाई प्रभावकारी बनाउदै सजायसमेत तोक्ने गरि विधेयक ल्याइएको उहाले बताए ।

    बैङ्किङ कसुर र चेक अनादर सम्बन्धी मुद्दाको अनुसन्धान, अभियोजन र अदालती कारबाहीलाई समेत सरल, व्यवस्थित, व्यवहारिक बनाउनुपर्ने उहाले बताउनुभयो । अर्थमन्त्री पौडेलले सहकारीबाट हुने कारोवारलाई समेत बैंकिङ्ग कारोबार मानि विधेयकमा आवश्यक व्यवस्था गरिएको जानकारी दिए ।

    उनले विधेयक सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था विधेयकमा थप गर्न लागेको जानकारी दिए । उनले भने,‘सहकारी बैंकबाट हुने कारोबारलाई पनि बैङ्किङ्ग कारोबार मानेर सहकारी बैंकलाई पनि विधेयकमा समावेश गरी सहकारी बैंकले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा चलाउन नपाउने व्यवस्था यसमा थप गरिएको छ ।’

     


    फास्ट न्युज
  • आइतबार, ९ भाद्र २०८१
  • सम्बन्धित समाचार
    ताजा अपडेट