logo

२०८३ श्रावण २६ मंगलवार

logo
  • २०८३ श्रावण २६ मंगलवार
  • नेप्सेमा दोहोरो अंकको गिरावट, २६४१ विन्दुमा झर्यो

    745Shares
    नेप्सेमा दोहोरो अंकको गिरावट, २६४१ विन्दुमा झर्यो

    काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ । आज नेप्से ९.०४ अंकले घटेर २६४१.०५ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

    आज कुल ३५२ कम्पनीका १ करोड ९ लाख ६६ हजार ७४५ कित्ता शेयर कारोबार भएका छन् । दिनभरमा ३ अर्ब ६७ करोड ४४ लाख १९ हजार ७६६ रुपैयाँ बराबरको कारोबार भएको छ ।

    आज हाइड्रोपावर, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र निर्जीवन बीमा समूहबाहेक अधिकांश क्षेत्रका शेयरमूल्य घटेका छन् ।

    कारोबारमा कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमूल्य सबैभन्दा धेरै ८.४७ प्रतिशतले बढेको छ । त्यस्तै दारमखोला हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतले वृद्धि भएको छ ।

    यता, रिलायबल समृद्धि योजनाको शेयरमूल्य सबैभन्दा धेरै ९.७० प्रतिशतले घटेको छ ।

    कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । कम्पनीको ४६ करोड ३७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ । त्यस्तै रिडी पावर कम्पनीको २९ करोड २७ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।



    फास्ट न्युज    
  • २०८३ श्रावण २५, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट