logo

२०८३ जेष्ठ १८ सोमबार

logo
  • २०८३ जेष्ठ १८ सोमबार
  • एमाले साँसद पक्राउ

    868Shares
    एमाले साँसद पक्राउ

    विराटनगर । मानव तस्करी प्रकरणमा जोडिएका नेकपा (एमाले)कोशीका सांसद लिलाबल्लभ अधिकारी पक्राउ परेका छन्।

    अधिकारीलाई पक्राउ गरी काठमाडौं ल्याइँदै गरेको प्रहरी स्रोतले भन्यो।

    उनलाई पौने २ बजे यति एयरमार्फत काठमाडौं ल्याइँदैछ।

    अधिकारीलाई एमाले कोशी प्रदेशले साधारण सदस्यसमेत नरहने गरी गरेको कारबाहीलाई शनिबारको सचिवालय बैठकले अनुमोदन गरेको थियो।
    अधिकारीमाथि पदको दुरूपयोग गर्दै गैरकानुनी तरिकाले मानिसहरू जापान पुर्‍याउन खोजेको आरोप छ।

    अधिकारीको विषयमा गम्भीर प्रश्न उठेको र त्यो प्रश्नको कानुनी निरूपण नभएसम्मका लागि कोशी प्रदेश कमिटीले उनलाई पार्टीका सबै जिम्मेवारी र पार्टी सदस्यताबाट समेत मुक्त गर्ने निर्णय गरेको थियो।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २५, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट