खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले भोलि मंसिर ३ गत्ते सार्वजनिक विदा दिने घोषणा गरेको छ।
खोटाङको हलेसी नगरपालिका स्थित वडा नं. ७ हलेसी महादेवस्थान हलेसीमा भोलि बुधवार बालाचतुर्दशीको दिन मेला लाग्ने भएको कारण नगरपालिका भित्र सार्वजनिक विदा दिइएको नगर प्रवक्ता कमल गिरीले फास्ट न्युज सेभेन डटकमलाई जानकारी दिए।
उनले भने ” भोलि ३ गत्ते बालाचतुरदशीको दिन हलेसी महादेव मन्दिरमा ठूलो मेला लाग्छ। हिन्दू परम्परा अनुसार बाला चतुरदशीमा आफ्ना स्वर्गीय बुवा- आमाको नाममा सदविउ छर्ने चलन भएको हुदा देशका विभिन्न भागबाट मात्र नभई हाम्रा स्थानीय नगरवासीहरु पनि उक्त दिन पितृको नाममा सतविउ छर्न जाने भएकोले सार्वजनिक विदा दिएका हौ।”
नगरपालिकाले विज्ञप्ति जारी गर्दै ३ गत्ते बुधबार नगरपालिका माताहतका स्कुल, कलेज देखि सम्पुर्ण सरकारी कार्यलयहरु बन्द रहने जनाएको छ। तर, नगरपालिका भित्रका सरकारी तथा गैर सरकारी संस्था, नगरपालिकाको कार्यलय, वडा कार्यलयहरु, विषयगत शाखाहरुको कार्यलयहरुमा आकासमिक सेवा भने सुचारु रहने प्रवक्ता गिरीले बताएकाछन्।

© 2025: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया