logo

२०८३ जेष्ठ २४ आईतवार

logo
  • २०८३ जेष्ठ २४ आईतवार
  • तराई-मधेशका विभिन्न ठाउँमा छठ पर्वको रौनक (फोटोफिचर)

    958Shares
    तराई-मधेशका विभिन्न ठाउँमा छठ पर्वको रौनक (फोटोफिचर)

    काठमाडौं । शुद्धता, सद्भाव र आस्थाको महापर्व छठ श्रद्धा एवं हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा पिूवाआजा गर्न र सूर्यलाई अर्घ दिनका लागि नदी, खोला , पोखरी सजाइएका छन् । नदी किनारमा बर्तालु तथा भक्तजनको घुइँचो लागेको छ । आराध्यदेव सूर्यको आराधना गरी मनाइने यस पर्वको तेस्रो दिन व्रतालुले बेलुकी कुण्ड, पोखरी र तलाउमा उभी दुबै हत्केलामा पिठा र सिन्दुर लगाएर अक्षता, फूल हालेर खेतबारीमा भएका पूजा सामग्री र घरमा बनाइएको विशेष पकवानसहित अस्ताउन लागेको सूर्यलाई अर्घ दिई पूजापाठ गर्ने छन् ।

    सन्तान प्राप्ति, निरोगिता, सुख, समृद्धि र चर्मरोग निको हुने धार्मिक विश्वास अनुरूप आत्मीयता र सद्भावको प्रतीकको रुपमा पनि छठ पर्व मनाइन्छ । छठ पर्वमा धनी, गरिब, उचनिचको भेदभावरहित सबै वर्ग, समुदाय एउटै सांस्कृतिक पृष्ठभूमिमा पूजाअर्चनाका लागि उभिने गर्छन् ।

    छठ पर्वको अवसरमा चमार जातिले ढोल बजाउने, मालीले फूल, बरईले पानको पात, कुम्हारले माटोको भाँडा, डोमले बाँसका सामग्री पुर्याउने गरेका कारण पनि यस पर्वमा श्रम विभाजनको अत्यको रुपमा लिने गरिन्छ ।

    यस पर्वमा बाँसको सामग्रीमा अर्घ दिएपछि वंशवृद्धि, केरामा भगवान विष्णुको वास, ठकुवामा समृद्धि र मौसमी फल प्रकृतिप्रति कृतज्ञताको द्योतक भएको जनविश्वास रहेको पाइन्छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २२, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट