logo

२०८३ असार ८ सोमबार

logo
  • २०८३ असार ८ सोमबार
  • अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आजदेखि सुरु

    934Shares
    अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आजदेखि सुरु

    काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ सुरु भएको छ ।

    फाउण्डेशनले काठमाडौंको भद्रकालीमा आजदेखि २४ गतेसम्म चल्ने महायज्ञसहित वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि गर्ने जानकारी दिएको हो ।

    महायज्ञमा १,११,१११।– प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प गर्न सकिने र कर्ताहरूलाई संस्थाको मानार्थ आजीवन सदस्यतासमेत प्रदान गरिने फाउण्डेशनले जनाएको छ ।

    फाउन्डेसनका अनुसार २१ गते स्वर्ण महोत्सवको उद्घाटन साथै सांस्कृतिक झाँकीसहित शोभा यात्रा गरिने, २२ गते वैदिक विज्ञान तथा आधुनिक विज्ञान दोस्रो महासम्मेलन, योग एवम ध्यान, हरेक साँझ भागवत कथासारसहित सन्त महात्माहरुबाट वैदिक प्रवचन साथै महर्षि महेश योगीबाट ध्यानीहरुलाई सम्मान कार्यक्रम राखिएको छ ।

    १ हजार १ सय ११ जना आचार्य तथा वैदिक पण्डितबाट हुने महायज्ञमा दैनिक १० हजार जना सहभागि हुने विश्वास आयोजको विश्वास रहेको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २१, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट