काठमाडौं । सहकारी ठगी र संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्व उपप्रधानमन्त्री एवं गोर्खा मिडियाका पूर्वसञ्चालक रवि लामिछानेलाई म्याद थपको अनुमतिका लागि आज कास्की जिल्ला अदालत लगिँदै छ।
लामिछानेसँगको बयान नसकिएकोले हिरासतमै राखेर अनुसन्धान गर्न थप म्याद माग्ने प्रहरी र सरकारी वकील कार्यालयको तयारी छ। लामिछानेलाई म्याद थपका लागि आज अदालतमा पेस गरिने कास्की प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले बुधबारसम्म लामिछानेसँगको बयान नसकिएको बताउनु भयो । उहाका अनुसन्धानको क्रममा प्रमाण जुटाउने, कागजात मगाउने कार्य भइरहेकोले बयान दोस्रो प्राथमिकतामा पर्ने उल्लेख गर्नु भयो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया