logo

२०८३ बैशाख २२ मंगलवार

logo
  • २०८३ बैशाख २२ मंगलवार
  • इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

    967Shares
    इनरुवा, धरान र दुहबीमा १५ करोडको क्षति

    काठमाडौँ । हालैको बाढीबाट इनरुवा, धरान र दुहबीमा १५ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

     

    धरान उपमहानगरपालिकामा १३ करोड पाँच लाख रुपैयाँ, दुहबी नगरपालिकामा एक करोड २० लाख रुपैयाँ र इनरुवामा गरी उक्त रकम बराबरको क्षति भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

     

    धरानमा सडक, पुल र एक विद्यालय भवनमा, दुहबी नगरपालिकाका सातवटा विद्यालयमा तथा इनरुवा नगरपालिकामा पाँच बिघामा लगाएको बाली नोक्सान भएको प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले बताए । इनरुवामा दुई बिघामा गरिएको सागसब्जी तथा केराखेतीमा पनि क्षति भएको छ ।



    फास्ट न्युज    
  • २०८१ कार्तिक २, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट