काठमाडौं । अमेरिका भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले हवाई भाडा महँगो नलिन एयरलाइन्स कम्पनीहरूलाई आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री ओलीले हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा आएको भन्दै विपत्तिको समयमा पहिलेभन्दा सहुलियत मूल्यमा वा पहिलेकै मूल्यमा भाडा लिन अनुरोध गरेका हुन् ।
‘हवाई भाडा अरु बेला भन्दा महँगो भएको गुनासो सामाजिक सञ्जालमा सुनिएको छ। हवाई सेवा दिँदै आएका एयरलाइन्सहरूलाई यस्तो विपत्तिको समयमा यात्रुहरूसँग पहिले भन्दा सहुलियत मूल्यमा या पहिलेकै दरमा भाडा लिएर सहयोग गर्नुहुन अनुरोध छ’, प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेखेका छन् ।
साथै प्रधानमन्त्री ओलीले पर्यटन मन्त्रालयले हवाई यात्रुको लागि र उद्धार उडानको विशेष निर्णय गरेको भन्दै प्राकृतिक विपत्ति सबै मिलेर सामना गर्नुपर्ने बताएका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया