logo

२०८३ बैशाख १९ शनिबार

logo
  • २०८३ बैशाख १९ शनिबार
  • रामकुमार पासाङ र बिष्णु कुमार राई सिंहदरबारको चोटाकोठामा

    1.5KShares
    रामकुमार पासाङ र बिष्णु कुमार राई सिंहदरबारको चोटाकोठामा

            काठमाडौं । दशै नसकिदै रामकुमार पासाङ र बिष्णु कुमार राई सिंहदरबारको चोटाकोठामा डुलिरहेका छन्। उनिहरु खोटाङे जनताको समस्यालाई लिएर सिंहदरबार घुम्ने क्रममा जिल्लामा बिधुत विस्तार र सिंचाइ समस्या समाधानको लागि उर्जा तथा जलस्रोत मन्त्री र वन तथा वातावरण राज्यमन्त्री संग भेट गरेको छ।

    केही समय अगाडि गएको भीषण बाढी र पहिरोको कारण जिल्लामा बिधुत,खानेपानी, सडक र सिंचाइ जस्ता पुर्वाधारहरुको क्षति भएको कारण पुनर्निर्माण संगै थप बिधुत बिस्तार र सिंचाइको योजना माग गर्दै नेकपा माओवादीका केन्द्रीय सदस्य एवं संघिय सांसद रामकुमार पासाङ, नेपाली कांग्रेसको जिल्ला सभापति बिष्णु कुमार राईको नेतृत्वमा एक प्रतिनिधि मण्डलले बुधबार सिंहदरबारमा उर्जा तथा जलस्रोत मन्त्री दिपक खड्कालाई ध्यानाकर्षण गराएको छ।

    जलस्रोत मन्त्री संगको छलफलमा मन्त्री  खड्काले मन्त्रालयका सचिवलाई पनि संगै राखेर प्रतिनिधिमण्डल संग योजनाको बारे अन्तरक्रिया गराएको प्रतिनिधिमण्डलमा सहभागी तरुण दलका नेता प्रविण केसीले जानकारी दिए। त्यस्तै वन तथा वातावरण राज्यमन्त्री रुपा विक संग अहिले सामुदायिक वनहरुमा देखिएको कानुनी समस्या, जंगली जनावरहरुको कारण किसानहरुमा परेको समस्या र समाधानको विषयमा छलफल भएको नेता केसीले फास्ट न्युज सेभेनलाई जानकारी दिए।



    फास्ट न्युज    
  • २०८१ कार्तिक १, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार