logo

२०८३ बैशाख ९ बुधबार

logo
  • २०८३ बैशाख ९ बुधबार
  • गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुलाई किन गर्यो निलम्बन ?

    1KShares
    गृह मन्त्रालयले प्रहरी निरीक्षक बिनुलाई किन गर्यो  निलम्बन ?

    काठमाडौं । गृह मन्त्रालयले प्रहरी निरीक्षक विनुकुमारी शाहीलाई निलम्बन गरेको छ । शुक्रबार गृह मन्त्रालयले शाहीको निलम्बनको पत्र प्रहरीप्रधान कार्यालयमा पठाएको स्रोतले बताएको छ ।

    प्रहरी प्रभाग ललितपुर भैंसेपाटी प्रमुख हुँदा एक व्यवसायीलाई ‘हनी ट्रयाप’ गर्ने गिरोहसँग मिलेर ३० लाख रुपैयाँ रकम असुल गरेको आरोप लागेको छ । उक्त आरोपपछि प्रहरी निरीक्षक शाहीलाई भैंसेपाटी प्रहरी प्रभाग प्रमुखबाट हटाएर रानीपोखरी तानिएको थियो ।

    सो घटनाबारे छानबिन गर्न ललितपुर प्रहरीले ललितपुर प्रहरी परिसरमा कार्यरत डीएसपी नरहरी अधिकारको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो । उक्त छानबिन समितिको प्रारम्भिक अनुसन्धानबाट उनको भूमिका शंकास्पद देखिएपछि निम्बनका लागि सिफारिस गरेको थियो ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट