logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • राप्रपा अध्यक्ष लिङ्देनले भने- सरकारले नागरिकको सुरक्षा गर्न सकेन

    880Shares
    राप्रपा अध्यक्ष लिङ्देनले भने- सरकारले नागरिकको सुरक्षा गर्न सकेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकारले बाढीपहिरो पीडितको राहत तथा उद्धारमा सक्रिय भएर काम गर्न नसकेको गुनासाे  गरेका छन् । राप्रपा काठमाडौं निर्वाचन क्षेत्र नं १ ले आयोजना गरेको दसैं शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले विपद्मा काम नलाग्ने सरकारको जनतालाई अर्थ नहुने बताए । समाजमा सेवाभाव हराउँदै गएको अवस्थामा सरकारले विपद्का समयमा परोपकारी काम व्यापकरुपमा गर्नु पर्ने लिङ्देनको भनाइ थियो ।

    सरकारलाई लाज हुने गरी सामान्य नागरिकले बाढीपीडितका लागि उद्धार कार्य गरेर देखाएको अध्यक्ष लिङ्देनले जनाए । आफ्ना नागरिकलाई बचाउन र सुरक्षा दिन नसक्ने सरकारले आफ्नो हैसियत सोच्नु पर्नेमा जोड दिँदै उनले विपद्को बेला सरकारलाई सचेत हुन आग्रह समेत गरे ।

    यसैगरी पार्टीका सहकोषाध्यक्ष शोभित उप्रेतीले देशका नागरिकलाई अब पार्टी र तिनका नेताकार्यकर्ताले साथ दिनुपर्ने बेला आएको भनाइ राखे । उनले पार्टीका नेता-कार्यकर्ता सत्ता र आफ्नो स्वार्थमा मात्रै लाग्ने हो भने जनताले पार्टीलाई साथ दिन छोड्ने दिन आउने चेतावनी दिए । बाढीपहिरोबाट ज्यान गुमाएका परिवारजन र घाइतेको सहयोगका लागि आफ्नो पार्टी राप्रपा र व्यक्तिगतरुपमा आफू लागि परेको उप्रेतीले जानकारी दिए ।

    कार्यक्रममा बाढीमा बग्दै गरेका दुईजनालाई बचाउने चणिकलाल तामाङलाई सम्मान समेत गरिएको थियो । साहसी तमाङले आफूलाई सम्मान गरेर नगद पैसा दिनुभन्दा बाढीपिडीतलाई आर्थिक सहयोग गर्न आग्रह गरेका थिए ।

    जिल्लाका विभिन्न तहका नेताहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा सोही क्षेत्रबाट चुनाव लडेका रवीन्द्र मिश्रको भने उपस्थिति थिएन । मिश्रले पार्टीको हितविपरित काम गर्दै हिँडेका कारण यस्ता कार्यक्रमहरुमा उनलाई बोलाउन छोडिएको एक नेताले प्रतिक्रिया दिएका छन् ।



    फास्ट न्युज    
  • २०८१ आश्विन १७, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट