काठमाडौं । काठमाडौंको नागढुंगा नजिकै झ्याप्लेखोलामा गएको पहिरोबाट ११ शव निकालिएको छ । गोरखाबाट काठमाडौं आएको बससहित केही साना गाडी पनि पुरिएको आशंका प्रहरीले गरेको छ ।
उद्धारमा खटिएका प्रहरीका अनुसार बससहित थप एउटा हायस गाडी पुरिएको छ । हायसबाट ११ शव फेला परेको छ । डीएसपी सूर्य सुवेदीका अनुसार बस र हायस पुरिएको अवस्थामा फेला परेको हुँदा निकाल्ने प्रयास जारी छ ।
पहिरो हिजोदेखि नै पन्छाउने काम भइरहेको छ । यसअघि हिजो उक्त पहिरोमा १४ जनाको शव फेला परेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया