काठमाडौं । सरकारले आजदेखि तीन दिनसम्म विद्यालयमा बिदा दिन पालिकाहरुलाई आग्रह गरेको छ ।
शनिबार कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहको अध्यक्षतामा बसेको विपदसम्बन्धी आकश्मिक बैठकपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सूचना निकालेर तीन दिन विद्यालय बिदा गर्न पालिकाहरुलाई अनुरोध गरेको हो ।
मन्त्रालयले वर्षाजन्य प्रकोपका कारण विद्यालय भवनमा क्षति भएको, विद्यार्थी तथा अभिभावक बाढी पहिरोको चपेटामा परेको र यातायात सेवा पनि अवरुद्ध भएका भन्दै विद्यालय बिदा दिन भनेको छ ।
शिक्षा मन्त्रालयका प्रवक्ता एवं सहसचिव लक्ष्मीप्रसाद भट्टराईले शनिबार जारी विज्ञप्तिमा देशभर विश्वविद्यालय र विद्यालयका भवनमा क्षति पुगेको, विद्यार्थी र अभिभावक बाढी पहिरोको चपेटामा परेको, यातायात अवरुद्ध भएको र दैनिक जीवनयापनमा कठिनाइ भएकाले विद्यालय बन्द गर्ने निर्णय लिएको उल्लेख छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया