सर्लाही — सर्लाहीको हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकको बुवा घाइते भएका छन् । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।
टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते भएको छ ।
घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । प्रहरी टोली अहिले घटनास्थलमै छ । मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा गाउँलेहरु भीड छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया