logo

२०८३ बैशाख ११ शुक्रबार

logo
  • २०८३ बैशाख ११ शुक्रबार
  • सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

    892Shares
    सर्लाहीमा गोली हानेर श्रीमतीको हत्या, बुवा घाइते

    सर्लाही — सर्लाहीको हरिपूर्वामा एक युवकले गोली प्रहार गरी श्रीमतीको हत्या गरेका छन् । गोली लागेर युवकको बुवा घाइते भएका छन् । आज बिहान करिब पौने २ बजेतिर गोली लागेर हरिपुर्वा नगरपालिका ५ की २३ वर्षीया चित्रलेखा यादवको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी दीपक श्रेष्ठले जानकारी दिए ।

    टाउकोमा दुई राउन्ड गोली प्रहार भएको चित्रलेखाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । गोली लागेर धीरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश राय घाइते  भएको छ ।

    घाइते रायको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ । प्रहरी टोली अहिले घटनास्थलमै छ । मृतक चित्रलेखाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनास्थलमा अहिले ठूलो सङ्ख्यामा गाउँलेहरु भीड छ ।
     



    फास्ट न्युज    
  • २०८१ आश्विन १०, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार