logo

२०८३ बैशाख १५ मंगलवार

logo
  • २०८३ बैशाख १५ मंगलवार
  • श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिनी अमारासूर्या

    859Shares
    श्रीलंकाको नयाँ प्रधानमन्त्रीमा हरिनी अमारासूर्या

    काठमाडौं । नेशनल पिपुल्स पावर (एनपीपी) की सांसद डा.हरिनी अमरासूर्या श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त भएकी छन् ।

    उनले मंगलबार नै राष्ट्रपति अनुरा कुमारा दिशानायकेसँग पद तथा गोपनीयताको शपथ लिएकी छन् ।
    २२५ सदस्यीय संसदमा एनपीपीका डा.अमरासूर्यासँगै विजिथा हेराथ र लक्ष्मण निपुण अराग्ची दुईजना मात्र सांसद निर्वाचित भएका थिए ।

    राष्ट्रपति दिशानायकेले अमरासूर्यालाई प्रधानमन्त्री र हेराथलाई मन्त्री नियुक्त गरेका छन् । साथै उनले आजै मध्यरातबाट संसद भंग गर्ने श्रीलंकाली सञ्चार माध्यमहरुले जनाएका छन् ।

    रक्षा, अर्थसहितका मन्त्रालय राष्ट्रपति दिशानायकेले आफैंसँग राखेका छन् । प्रधानमन्त्री अमरासूर्यालाई शिक्षा, विज्ञान र प्रविधि लगायतका मन्त्रालय दिइएको छ भने विदेश मामिलासहितका मन्त्रालय हेराथलाई दिइएको छ ।

     



    फास्ट न्युज    
  • २०८१ आश्विन ९, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट