काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले हिरासतमा लिएपछि दुर्गा प्रसाईंका समर्थकहरू आन्दोलित भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ ज्वाला संग्रौलाको उजुरीका आधारमा प्रसाईं आइतबार भक्तपुरको ठिमीस्थित घरबाटै पक्राउ परेका परेका थिए ।
प्रसाईं पक्राउ परेपछि उनलाई रिहाइको मागसहित समर्थकहरूले सोमबार दिउँसो काठमाडौंस्थित माइतीघर मण्डलमा प्रदर्शन गरेका हुन् । सीमित संख्यामा रहेका उनीहरूले सनातन धर्म बचाऊ अभियन्ता एवम् मेडिकल व्यवसायी प्रसाईंलाई बिनाशर्त रिहा गर्नुपर्ने माग गरेका छन् ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया