काठमाडौं । सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिको प्रतिवेदन सार्वजनिक गरिएको छ । संघीय संसद सचिवालयले सार्वजनिक गरेको प्रतिवेदन जम्मा ११२४ पेजको छ । यही भदौ ३१ गते समितिका सभापति सूर्यबहादुर थापाले प्रतिनिधिसभासमक्ष प्रतिवेदन पेश गरेका थिए ।
सूर्य थापा नेतृत्वमा रहेको समितिले पूर्ण प्रतिवेदन सार्वजनिक गरेको हो । समितिले गोरखा मिडियाका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेसहित चार जनालाई प्रचलित कानुनबमोजिम कारबाही गर्न सिफारिस गरेको छ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन २०८१ मा चार जनालाई कारबाही गर्न सिफारिस गरेको उल्लेख छ ।
सभामुख देवराज घिमिरेले यो प्रतिवेदन प्रतिनिधि सभाको बैठकमा पेस भएकै दिन कार्यान्वयनका लागि सरकारलाई पठाएका थिए । यता भदौ २ गते बुधवार बसेको मन्त्रिपरिषद् बैठकले पनि प्रतिवेदन कार्यान्वयनमा लैजाने निर्णय गरिसकेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया