logo

२०८३ मंसिर ६ शनिबार

logo
  • २०८३ मंसिर ६ शनिबार
  • हाइटीका राष्ट्रपतिको हत्या षड्यन्त्रमा अमेरिकी पादरी दोषी ठहर

    937Shares
    हाइटीका राष्ट्रपतिको हत्या षड्यन्त्रमा अमेरिकी पादरी दोषी ठहर

    काठमाडौं । हाइटीका तत्कालीन राष्ट्रपति जोभेनेल मोइसको हत्या षड्यन्त्रमा संलग्न भएको अभियोगमा अमेरिकाको फ्लोरिडाका पादरी क्रिस्चियन इम्यानुएल सानन दोषी ठहर भएका छन् ।

    अमेरिका र हाइटीको दोहोरो नागरिकता भएका ६७ वर्षीय साननलाई हत्या तथा अपहरणको षड्यन्त्रसहित लगाइएका आठवटै अभियोगमा मियामीस्थित संघीय अदालतले दोषी ठहर गरेको हो । उनलाई आजीवन कारावाससम्मको सजाय हुन सक्नेछ ।

    अभियोजनकर्ताका अनुसार साननले सन् २०२१ मा राष्ट्रपति मोइसलाई सत्ताच्युत गरी आफू राष्ट्रपति बन्ने योजना बनाएका थिए । सुरुमा सैनिक आक्रमणमार्फत सत्ता कब्जा गर्ने योजना बनाइएको भए पनि पछि त्यो राष्ट्रपति हत्याको षड्यन्त्रमा परिणत भएको थियो ।

    राष्ट्रपति मोइसको सन् २०२१ जुलाईमा आफ्नै निवासमा सशस्त्र समूहको आक्रमणबाट हत्या भएको थियो । घटनापछि हाइटीमा राजनीतिक अस्थिरता र आपराधिक गिरोहको हिंसा बढ्दै गएको छ ।
    साननका वकिलले भने उनी निर्दोष रहेको दाबी गर्दै अदालतको फैसलाविरुद्ध पुनरावेदन गर्ने बताएका छन् ।



    फास्ट न्युज    
  • २०८३ मंसिर ५, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट