logo

२०८३ कार्तिक ५ बुधबार

logo
  • २०८३ कार्तिक ५ बुधबार
  • राष्ट्रपति पौडेलले परिवारसँग मनाए दसैँ, शुभसाइतमै लगाए टीका

    745Shares
    राष्ट्रपति पौडेलले परिवारसँग मनाए दसैँ, शुभसाइतमै लगाए टीका

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँको अवसरमा शुभसाइतमा टीका, जमरा र प्रसाद ग्रहण गर्दै परिवारसँग दसैँ मनाएका छन् ।
    राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु–पुरोहितबाट टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन् ।
    राष्ट्रपतिले आफूले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि टीका र जमरा लगाइदिएका थिए । राष्ट्रपति पौडेलले पारिवारिक जमघटका बीच दसैँको परम्परालाई निरन्तरता दिएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
    नेपाली समाजमा दसैँको टीका र जमरा परिवारका सदस्यबीच आशीर्वाद, आत्मीयता र सद्भाव साटासाट गर्ने महत्त्वपूर्ण सांस्कृतिक परम्पराका रूपमा रहँदै आएको छ ।



    फास्ट न्युज    
  • २०८३ कार्तिक ५, बुधबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट