logo

२०८३ आश्विन १६ शुक्रबार

logo
  • २०८३ आश्विन १६ शुक्रबार
  • कांग्रेस महाधिवेशनमा तडकभडकपूर्ण प्रचारमा रोक, डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाइने

    817Shares
    कांग्रेस महाधिवेशनमा तडकभडकपूर्ण प्रचारमा रोक, डिजिटल माध्यमबाट मात्रै प्रचार गर्न पाइने

    काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा उम्मेदवारहरूले तडकभडकपूर्ण तथा भड्किलो प्रचारप्रसार गर्न नपाउने भएका छन् ।

    केन्द्रीय निर्वाचन समितिले विपद्पछिको संवेदनशील अवस्था, राष्ट्रिय भावना र वातावरणीय पक्षलाई ध्यानमा राख्दै निर्वाचन आचारसंहितामा कडाइ गरेको हो ।

    नयाँ व्यवस्थाअनुसार महाधिवेशन स्थल तथा आसपासका क्षेत्रमा फ्लेक्स, ब्यानर, पोस्टर, पम्प्लेटलगायत कुनै पनि प्रकारका छापा तथा भौतिक प्रचार सामग्री राख्न, टाँस्न वा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । महाधिवेशन स्थल बाहिर, सार्वजनिक सडक तथा आसपासका क्षेत्रमा समेत यस्ता सामग्री प्रदर्शन गर्न पाइने छैन ।

    उम्मेदवारहरूले आफ्ना एजेन्डा, उम्मेदवारी तथा प्रचार सामग्री डिजिटल माध्यमबाट मात्रै सार्वजनिक गर्न पाउनेछन् । सामाजिक सञ्जाल, अनलाइन तथा अन्य विद्युतीय माध्यमबाट प्रचारप्रसार गर्न भने समितिले अनुमति दिएको छ ।

    केन्द्रीय निर्वाचन समितिका अनुसार पछिल्लो समय भोटेकोशीलगायत देशका विभिन्न क्षेत्रमा आएको प्राकृतिक विपद्का कारण ठूलो जनधनको क्षति भएको छ । देश शोक र पुनरोत्थानको कठिन अवस्थामा रहेकाले महाधिवेशनलाई मर्यादित, मितव्ययी र अनुशासित बनाउन यस्तो व्यवस्था गरिएको हो ।

    समितिले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्दै महाधिवेशनलाई अनुशासित र मर्यादित रूपमा सम्पन्न गर्न नेता, कार्यकर्ता, उम्मेदवार तथा शुभेच्छुकहरूलाई आग्रह गरेको छ ।

    आचारसंहिता उल्लङ्घन गर्नेहरूमाथि नियमअनुसार कारबाही गरिने केन्द्रीय निर्वाचन समितिका सदस्यसचिव राजु कटुवालले जानकारी दिएका छन्।



    फास्ट न्युज    
  • २०८३ आश्विन १६, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट