logo

२०८३ भाद्र २७ शनिबार

logo
  • २०८३ भाद्र २७ शनिबार
  • पार्टी कार्यालय मर्मतका लागि जनप्रतिनिधिसँग सहयोगको अपिल

    2.4KShares
    पार्टी कार्यालय मर्मतका लागि जनप्रतिनिधिसँग सहयोगको अपिल

    खोटाङ। नेपाली कांग्रेस खोटाङका जिल्ला सभापति विष्णुकुमार राईले पार्टी कार्यालय भवन मर्मत तथा स्तरोन्नतिका लागि जिल्लाका जनप्रतिनिधिहरूसँग आर्थिक सहयोग गर्न सार्वजनिक अपिल गरेका छन्।

    सभापति राईले जारी गरेको विज्ञप्तिमा पार्टी भवन जीर्ण बन्दै गएको र समयमै मर्मत नगरे थप क्षति हुने अवस्था सिर्जना भएकाले पार्टीप्रति जिम्मेवारीबोध गर्दै सहयोग गर्न आग्रह गरिएको छ। भवन मर्मतपछि पार्टीका संगठनात्मक गतिविधि, प्रशिक्षण, बैठक तथा अन्य कार्यक्रम सञ्चालन गर्न सहज हुने विश्वास पनि विज्ञप्तिमा व्यक्त गरिएको छ।

    विज्ञप्तिअनुसार जनप्रतिनिधिहरूले आफ्नो हैसियतअनुसार तोकिएको रकम एक महिनाभित्र पार्टी कार्यालयमा बुझाउन अनुरोध गरिएको छ। तोकिएको समयभित्र सहयोग गर्ने सबै जनप्रतिनिधिप्रति पार्टीले हार्दिक आभार व्यक्त गर्ने उल्लेख गरिएको छ। विज्ञप्तिमा सहयोग रकमको विवरण पनि सार्वजनिक गरिएको छ। जसअनुसार: नगरपालिकाका प्रमुख – रु. १०,०००/- , उपप्रमुख – रु. ५,०००/-, गाउँपालिकाका अध्यक्ष – रु. ६,०००/-, उपाध्यक्ष – रु. ५,०००/-, वडा अध्यक्ष – रु. १,०००/-सभापति राईले पार्टीको साझा सम्पत्तिको संरक्षण र संगठन सुदृढीकरणका लागि सबै जनप्रतिनिधिले सकारात्मक रूपमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन्।



    फास्ट न्युज    
  • २०८३ श्रावण १०, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट