logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • हावाहुरीबाट क्षतिग्रस्त दुई एकल महिलाको घर श्रम संस्कृती पार्टीद्वारा पुनर्निर्माण

    910Shares
    हावाहुरीबाट क्षतिग्रस्त दुई एकल महिलाको घर श्रम संस्कृती पार्टीद्वारा पुनर्निर्माण

    खोटाङ – प्राकृतिक विपदबाट प्रभावित नागरिकको साथमा उभिने उद्देश्यसहित श्रम संस्कृती पार्टीले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–३, रोभोलुङका दुई एकल महिलाको घर पुनर्निर्माण गरी हस्तान्तरण गरेको छ।
    गत चैत ३ गते आएको भीषण हावाहुरीका कारण स्थानीय कल्पना राई र रामकुमारी राईको घरको छानो पूर्णरूपमा उडेर बस्नै नमिल्ने अवस्था बनेपछि श्रम संस्कृती पार्टी दिप्रुङ चुईचुम्मा गाउँपालिका समितिले श्रम अभियान सञ्चालन गर्दै जस्तापाता लगाएर घर पुनर्निर्माण गरेको हो।

    पुनर्निर्माण सम्पन्न भएका घरहरू श्रम संस्कृती पार्टी प्रदेश नं. १ का अध्यक्ष प्रताप राईको प्रमुख आतिथ्य तथा प्रदेश सदस्य विष्णुराज राईको विशेष आतिथ्यमा सम्बन्धित घरधनीलाई हस्तान्तरण गरिएको हो।
    हस्तान्तरण कार्यक्रममा बोल्दै श्रम संस्कृती पार्टी प्रदेश नं. १ का अध्यक्ष प्रताप राईले विपद्को बेला राजनीति गर्नेभन्दा पीडित नागरिकको घरमा पुगेर सहयोग गर्नु नै पार्टीको मूल उद्देश्य रहेको बताए। श्रम, सहयोग र सामाजिक उत्तरदायित्वलाई केन्द्रमा राखेर सञ्चालन गरिएको अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने उनको भनाइ थियो। समाजमा दुःखमा परेकाहरूको साथमा उभिन सबै राजनीतिक दल, सामाजिक संघसंस्था तथा सक्षम व्यक्तिहरूलाई उनले आग्रह गरे।
    अभियानका क्रममा आवश्यक आर्थिक स्रोत जुटाउन प्रदेश अध्यक्ष प्रताप राई, प्रदेश सदस्य विष्णुराज राई, युवा अग्रज श्रमदाता युव राई, वैदेशिक आर्थिक संयोजक प्रमिस राई, हेमचन्द्र राईलगायत विभिन्न सहयोगी दाताले आर्थिक सहयोग गरेका थिए। यस्तै, दिप्रुङ चुईचुम्मा गाउँपालिका–३ का स्थानीय श्रमदाताहरूले श्रमदानमार्फत पुनर्निर्माण कार्य सम्पन्न गर्न उल्लेखनीय योगदान दिएका थिए।
    कार्यक्रममा गाउँपालिका समितिका अध्यक्ष समीर राईले अभियानको आय–व्यय विवरण सार्वजनिक गर्दै आर्थिक, भौतिक तथा श्रम सहयोग गर्ने सम्पूर्ण सहयोगी, श्रमदाता र शुभेच्छुकप्रति आभार व्यक्त गरे।
    स्थानीयवासीले विपत्तिको घडीमा गरिएको यस मानवीय सहयोगले प्रभावित परिवारलाई नयाँ आशा र भरोसा दिएको प्रतिक्रिया दिएका छन्। सामाजिक उत्तरदायित्व र श्रमको सम्मानलाई केन्द्रमा राखेर सञ्चालन गरिएको अभियानलाई स्थानीयस्तरमा सकारात्मक रूपमा हेरिएको छ।

    हस्तान्तरण कार्यक्रममा श्रम संस्कृती पार्टीका जिल्ला अध्यक्ष धनिराम नाछुङ, नेता गणेश नाछिरिङलगायत पार्टीका नेताहरुको उपस्थिति रहेको थियो।



    फास्ट न्युज    
  • २०८३ असार २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट