logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • राष्ट्रिय सभाबाट एकै दिन ६ महत्वपूर्ण विधेयक पारित, प्रतिनिधिसभामा पठाइयो

    769Shares
    राष्ट्रिय सभाबाट एकै दिन ६ महत्वपूर्ण विधेयक पारित, प्रतिनिधिसभामा पठाइयो

    काठमाडौं । राष्ट्रिय सभाले बिहीबार एकै दिन ६ वटा विधेयक पारित गर्दै प्रतिनिधिसभामा पठाएको छ। पारित हुने विधेयकमध्ये चार वटा अध्यादेश प्रतिस्थापन विधेयक र दुई वटा बजेटसँग सम्बन्धित विधेयक रहेका छन्।

    राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले संसद् बैठकमा बोल्दै राष्ट्रिय सभाले एकै दिन चार वटा अध्यादेश प्रतिस्थापन विधेयक समितिको प्रतिवेदनसहित र दुई वटा बजेट आश्रित विधेयक सभामै छलफल गरी पारित गर्न सफल भएको बताए। उनले यसलाई राष्ट्रिय सभाको महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गरे।

    राष्ट्रिय सभाबाट पारित भएका अध्यादेश प्रतिस्थापन विधेयकहरूमा सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक, सहकारी (पहिलो संशोधन) विधेयक तथा स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेका छन्।

    त्यसैगरी, सभाले आर्थिक विधेयक, २०८३ र राष्ट्र ऋण उठाउने विधेयक, २०८३ समेत पारित गरेको छ। राष्ट्रिय सभाबाट पारित भएका सबै विधेयक अब आवश्यक संवैधानिक प्रक्रियाका लागि प्रतिनिधिसभामा पठाइएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट