logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • सुन तोलामा २४ सय र चाँदी १६० रुपैयाँले घट्यो

    766Shares
    सुन तोलामा २४ सय र चाँदी १६० रुपैयाँले घट्यो

    काठमाडौं । नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य घटेको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला २ हजार ४ सय रुपैयाँले घटेर २ लाख ८४ हजार ७ सय रुपैयाँ कायम भएको छ। बुधबार सुन प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो।

    त्यस्तै, चाँदीको मूल्य पनि घटेको छ। महासङ्घका अनुसार बिहीबार चाँदी प्रतितोला १ सय ६० रुपैयाँले घटेर ४ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार चाँदीको मूल्य प्रतितोला ४ हजार ५ सय रुपैयाँ रहेको थियो।

    अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तनको प्रभाव नेपाली बजारमा पनि परेको महासङ्घले जनाएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट