logo

२०८३ असार २६ शुक्रबार

logo
  • २०८३ असार २६ शुक्रबार
  • ‘वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो औसत मासिक आम्दानी ५४ हजार’

    766Shares
    ‘वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकको पहिलो औसत मासिक आम्दानी ५४ हजार’

    काठमाडौँ । वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको पहिलो औसत मासिक आम्दानी ५४ हजार ४०३ रुपैयाँ रहेको पाइएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ)को प्राविधिक सहयोगमा गरेको सर्वेक्षणले नेपाल फर्किएका आप्रवासी श्रमिकको पहिलो मासिक आम्दानी औसत ५४ हजार ४०३ रुपैयाँ रहेको देखाएको हो।

    सर्वेक्षणअनुसार पहिलो मासिक आम्दानीका आधारमा मलेसिया अग्रस्थानमा रहेको छ। मलेसियामा नेपाली श्रमिकको औसत पहिलो मासिक आम्दानी ५७ हजार ६९६ रुपैयाँ रहेको छ। त्यसपछि कतार र संयुक्त अरब इमिरेट्समा करिब ५५ हजार रुपैयाँ रहेको छ भने भारतमा सबैभन्दा कम २६ हजार ८३ रुपैयाँ रहेको देखिएको छ।

    क्षेत्रगत रूपमा सेवा क्षेत्रमा कार्यरत श्रमिकको औसत मासिक आम्दानी ६५ हजार ३४५ रुपैयाँ रहेको छ। कृषिमा भने औसत आम्दानी सबैभन्दा कम ३४ हजार ५२८ रुपैयाँ रहेको सर्वेक्षणले जनाएको छ। यस्तै, वैदेशिक रोजगारीका लागि नेपाली श्रमिकले औसत १ लाख ७६ हजार रुपैयाँ भर्ना लागत व्यहोर्नुपर्ने अवस्था रहेको सर्वेक्षणले औँल्याएको छ। महिलाको हकमा यो लागत औसत २ लाख १९ हजार रुपैयाँ पुगेको छ।

    राष्ट्रिय तथ्याङ्क कार्यालयले भर्ना शुल्क, एजेन्ट खर्च तथा अन्य लागतका कारण श्रमिकमाथि आर्थिक भार बढिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय श्रम मापदण्डअनुसार भर्तीसम्बन्धी लागत रोजगारदाताले व्यहोर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन गर्न र भर्ना प्रक्रियालाई थप पारदर्शी तथा डिजिटल बनाउन सुझाव दिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट