logo

२०८३ असार २५ बिहीबार

logo
  • २०८३ असार २५ बिहीबार
  • काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो हुने

    784Shares
    काठमाडौं महानगरको माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा, खाद्य गुणस्तर परीक्षण अब छिटो हुने

    काठमाडौं । काठमाडौं महानगरपालिकाले खाद्य सुरक्षा तथा गुणस्तर परीक्षणलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित माइक्रोबायोलोजी प्रयोगशाला सञ्चालनमा ल्याएको छ। काठमाडौं प्लाजामा स्थापना गरिएको उक्त प्रयोगशालाको बुधबार एक कार्यक्रमबीच महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले उद्घाटन गरिन्।

    उद्घाटनपछि बोल्दै कार्यवाहक प्रमुख डंगोलले महानगरले लामो समयदेखि आफ्नै माइक्रोबायोलोजी प्रयोगशाला स्थापना गर्ने तयारी गरिरहेको र अब त्यो लक्ष्य पूरा भएको बताइन्। उनका अनुसार प्रयोगशाला सञ्चालनमा आएपछि खाद्य नमुनाको परीक्षण छिटो हुने, प्रतिवेदन समयमै प्राप्त हुने तथा बजार अनुगमनलाई अझ प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

    उनले महानगरले नियमित रूपमा बजार अनुगमन गरिरहेको उल्लेख गर्दै अनुगमनका क्रममा कतिपय खाद्यवस्तुको प्रयोगशाला परीक्षण आवश्यक पर्ने र केही अवस्थामा कानुनअनुसार जरिवाना समेत गर्नुपर्ने अवस्था आउने गरेको बताइन्।

    यसअघि आफ्नै प्रयोगशाला नहुँदा परीक्षणका लागि अन्य निकायमा नमुना पठाउनुपर्ने भएकाले प्रतिवेदन आउन ढिलाइ हुने र त्यसले अनुगमन प्रक्रियामा असर पर्ने गरेको उनको भनाइ थियो। अब भने महानगरले आफ्नै प्रयोगशालाबाट प्रारम्भिक परीक्षण गर्न सक्ने भएकाले खाद्य सुरक्षासम्बन्धी अनुगमनलाई थप छिटो, प्रभावकारी र विश्वसनीय बनाउन सहज हुने अपेक्षा गरिएको छ।



    फास्ट न्युज    
  • २०८३ असार २५, बिहीबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट