काठमाडौं । आत्मदाहको प्रयास गरेका २५ वर्षीय गणेश नेपालीको स्वास्थ्य अवस्था गम्भीर छ। त्रिपुरेश्वरस्थित राहदानी विभागको तीन नम्बर गेटमा आत्मदाहको प्रयास गरेका उनको वीर अस्पतालमा उपचार भइरहेको छ।
उपचारमा संलग्न प्लास्टिक सर्जन डा. पीयूष दाहालका अनुसार गणेशको अनुहार, घाँटी, छाती, दुवै हात तथा खुट्टाको केही भागमा गम्भीर जलन भएको छ। प्रारम्भिक अनुमानअनुसार उनको शरीरको करिब ६० प्रतिशत भाग जलेको छ।
डा. दाहालले आवश्यक प्राथमिक उपचारपछि एनेस्थेसिया टोलीसँग समन्वय गरी बिरामीलाई सघन उपचार कक्ष (आईसीयू) मा सार्ने तयारी भइरहेको जानकारी दिए। उनका अनुसार गणेश सामान्य रूपमा बोल्न सक्ने अवस्थामा भए पनि स्वास्थ्य अवस्था अझै संकटपूर्ण छ।
चिकित्सकहरूका अनुसार शरीरको ठूलो भाग जलेका बिरामीमा संक्रमण, श्वासप्रश्वासमा समस्या, शरीरमा तरल पदार्थको कमी तथा अन्य जटिलता देखिने जोखिम उच्च हुने भएकाले प्रारम्भिक २४ देखि ७२ घण्टालाई उपचारका दृष्टिले अत्यन्त संवेदनशील मानिन्छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया