काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले सार्वजनिक गरेको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूची प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसकेको निष्कर्ष निकालेको छ।
सिंहदरबारमा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको मन्त्रालयगत संयोजकहरूको बैठकले सरकारको कार्यसम्पादनलाई संसद्को प्रमुख एजेन्डा बनाउने निर्णय गरेको हो। बैठकले सरकारको प्रगति नियमित रूपमा अनुगमन गर्दै संसद्मार्फत थप जवाफदेही बनाउने रणनीति पनि तय गरेको छ।
कांग्रेसले सरकारका विभिन्न मन्त्रालयहरूको कार्यसम्पादनमाथि निरन्तर निगरानी राख्ने र आवश्यक विषयमा संसद्मा प्रभावकारी रूपमा आवाज उठाउने नीति लिएको जनाएको छ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया