logo

२०८३ असार ७ आईतवार

logo
  • २०८३ असार ७ आईतवार
  • बालेनलाई देवानन्दसँग तुलना गर्दै के भने सिके राउतले ?

    760Shares
    बालेनलाई देवानन्दसँग तुलना गर्दै के भने सिके राउतले ?

    काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउतले प्रधानमन्त्री बालेन्द्र शाहको तीव्र प्रशंसा गरेका हुन् । उनले रास्वपा महाधिवेशन उद्घाटन समारोहमा बोल्दै शाहको प्रशंसामा थुप्रै शब्द खर्चिए । राउतले नेपालका प्रधानमन्त्री युवा हुनुका साथै, ‘स्टाइलिस र ड्यासिङ’ भन्दै तारिफ गरेका हुन् । प्रधानमन्त्रीले लगाउने कालो पोशाकलाई उनले देवानन्दसँग तुलना गरे ।

    राउतले भने, ‘भारतमा देवानन्दलाई कालो लुगा लगाउन निषेध थियो । हाम्रो देशमा पनि विपक्षीले प्रधानमन्त्रीलाई कालो लुगा लगाउन नपाउने भनेर ऐन ल्याउन माग गर्न बेर छैन ।’ प्रधानमन्त्री शाहलाई हिमाल पहाड मधेस सबैतिर जनताले अगाध माया गरेको राउतले बताए ।

    उनले थपे, ‘प्रधानमन्त्रीप्रति जनताको यस्तो माया ईतिहासमा कहिल्यै देखिएको थिएन । यस्तो स्मार्ट, ड्यासिङ, इन्टेलिजेन्ट युवा हामीले पाएका छौँ । हाम्रो प्रधानमन्त्री अलग हि लेभलका बन्दा है । उहाँ समस्याभन्दा माथि पुगेर समाधान कसरी गर्ने भनेर सोच्नुहुन्छ ।’ मधेसीको छोरा प्रधानमन्त्री बनाएकाले रास्वपालाई धन्यवाद दिन आफू महाधिवेशनमा आएको उनले बताए ।



    फास्ट न्युज    
  • २०८३ असार ७, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट