logo

२०८३ जेष्ठ ३१ आईतवार

logo
  • २०८३ जेष्ठ ३१ आईतवार
  • सप्तरीको रुपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

    748Shares
    सप्तरीको रुपनीका बासिन्दाले ५० वर्षपछि पाए जग्गाधनी पुर्जा

    कल्याणपुर (सप्तरी) ।सप्तरी रुपनी गाउँपालिका वडा नम्बर १ का चार जनाले बसोबास गरेको ५० वर्षपछि जग्गाधनी पुर्जा पाएका छन् ।पुर्जा पाउनेमा स्थानिय फुलो देवी साह, अनिता देवी साह, मो।सुलेमान मियाँ र केदार प्रसाद साह रहनुभएको हो ।शनिबार एक कार्यक्रमबीच गाउँपालिका अध्यक्ष दिनेश कुमार यादवले उहाँहरूलाई जग्गाधनी पुर्जा हस्तान्तरण गर्नुभयो ।

    २०३२ सालमा तत्कालीन नकटी रायपुर गाउँपञ्चायतले स्थानीय १२ जना जग्गाधनीसँग रुपनी बजार बसाउन छ बिगा १० कठ्ठा जग्गा प्रति कठ्ठा लिएका थिए । बसोबास गर्ने व्यक्तिले सो प्लट बापत तत्कालिन नकटी रायपुर पञ्चात, त्यसपछि गाविस हुँदै रुपनी गाउँपालिकालाई प्रत्येक वर्ष कर दिँदै आएका छन् ।

    गाउँपञ्चायतले बजार बसाउन १२ जना जग्गाधनीबाट जग्गा लिने सहमति गरेपछि सो जग्गालाई २०१ वटा प्लट बनाई प्रति प्लट दुईसयका दरले बसोबास गर्ने व्यक्तिबाट लिएर त्यहाँ बजार बसाएका थिए । तर, जग्गा त्यो प्लटमा बसोबास गर्ने व्यक्तिको नाममा नभई बजार बसाउन जग्गा दिएको व्यक्तिकै नाममा रहँदा समस्या सृजना भएको गाउँपालिका अध्यक्ष यादवले बताउनुभयो ।

    उहाँले जग्गावाला परिवारजनसँग समन्वय गरेर रुपनी बजारमा वर्षौं देखि बसोबास गर्दै आएका व्यक्तिलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने काम भइरहेको जानकारी दिनुभयो । रुपनीमा अहिले सम्म २५ जनाले जग्गाधनी पुर्जा पाएको र अझै १७६ जना बाँकी रहेको उहाँको भनाइ छ ।५० वर्षपछि जग्गाधनी पुर्जा पाएर एकदमै खुशी भएको ६७ वर्षीय मो सुलेमान मियाँले बताउनुभयो ।

    आफू १७ वर्षको हुँदा बसोबास गरेको जग्गाको पुर्जा पाउन ५० लागेको उहाँले सुनाउनुभयो ।यस्तै, अनिता देवी साहले आफ्नो ससुराले नै प्लटमा बसोबास गर्न जग्गा किनेको र ५० वर्षपछि पुर्जा पाउँदा खुशी भएको सुनाउनुभयो ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ ३१, आईतवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट