logo

२०८३ जेष्ठ २६ मंगलवार

logo
  • २०८३ जेष्ठ २६ मंगलवार
  • कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

    733Shares
    कार्यसूचीमा प्रवेश नै नगरी प्रतिनिधि सभाको बैठक बुधबारसम्मका लागि स्थगित

    काठमाडौँ । प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । प्रतिपक्षी दलले सदनमा उठेर अवरोध गरेपछि कार्यसूचीमा प्रवेश नै नगरी बैठक बुधबारसम्मका लागि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले) का सांसद क्षितिज थेबे, नेपाली कम्युनिस्ट पार्टीका सांसद महेन्द्रबहादुर शाही, नेपाली कांग्रेसका सांसद निस्कल राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद खुश्बु ओली र श्रम संस्कृति पार्टीका सांसद हर्कराज राईलाई क्रमशः बोल्ने समय दिनुभयो ।

    सोही क्रममा कांग्रेसका सांसद निस्कल राईले लोकतन्त्र, गणतन्त्र स्थापनाका लागि सहादत प्राप्त गर्ने सहिददेखि जेनजी आन्दोलनका क्रममा सहादत प्राप्त गर्ने सहिदको सम्मानमा पाँच मिनेट मौनधारण गर्न आग्रह गर्नुभयो ।

    उहाँले भन्नुभयो, “अमर सहिदहरू, प्रजातन्त्र तथा नागरिक सर्वोच्चताका लागि भएका विभिन्न क्रान्ति तथा आन्दोलनका सहिदहरू तथा सुशासन र जवाफदेहिताका लागि भएको जेनजी विद्रोहका सहिदहरूप्रति सम्मान प्रकट गर्दै हामी नेपाली कांग्रेसका सदस्यहरू पाँच मिनेट यहाँ उभिएर मौनधारण गर्नेछौँ”, उहाँको सो आग्रहलगत्तै नेपाली कांग्रेसका सबै सांसदहरू उभिनुभयो । त्यसलगत्तै प्रतिपक्षी दलका सबै सांसदहरूले समर्थन जनाउँदै मौनधारण गर्नुभयो ।

    सभामुख डोलप्रसाद अर्यालले भने सो घटनालाई सभामाथिको अपमानका रूपमा टिप्पणी गर्नुभयो । प्रतिनिधिसभाको बैठक सभामुखले सञ्चालन गर्ने स्पष्ट पार्दै उहाँले आजको बैठकमा सदस्य स्वयंले समय तोकेर मौनधारणा गर्नु र गराउने अभ्यास गलत भएको धारणा राख्नुभयो ।प्रतिपक्षी दलले निरन्तर अवरोध गरेपछि सभामुख डोलप्रसाद अर्यालले बुधबार बिहान ११ बजे बस्ने गरी मङ्गलबारको बैठक स्थगित भएको जानकारी गराउनुभएको हो ।



    फास्ट न्युज    
  • २०८३ जेष्ठ २६, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट