logo

२०८३ बैशाख २९ मंगलवार

logo
  • २०८३ बैशाख २९ मंगलवार
  • प्रतिपक्षीको आशंकामा रास्वपाको जवाफः सुशासनका लागि सरकार प्रतिबद्ध

    715Shares
    प्रतिपक्षीको आशंकामा रास्वपाको जवाफः सुशासनका लागि सरकार प्रतिबद्ध

    काठमाडौँ। सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलका उपनेता गणेश पराजुलीले सरकारले संसदीय व्यवस्थाको उन्नत अभ्यास गरिरहेको दाबी गर्नुभएको छ ।

    प्रतिपक्ष दलले सरकारको संसदीय व्यवस्थाप्रतिको प्रतिबद्धतामा आशङ्का उत्पन्न भइरहेको भन्दै आलोचना गरिरहेका बेला उपनेता पराजुलीले सो दाबी गर्नुभएको हो । प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले निर्वाचनका बेला पार्टीले जनतामाझ गरेको वाचा अनुसार सुशासन कायम गर्ने काम सरकारले सुरु गरिसकेको जिकिर गर्नुभयो ।

    शिक्षा क्षेत्रलाई दलका कार्यकर्ता उत्पादन गर्ने थलोका रूपमा सञ्चालन गर्ने कार्य अब मान्य नहुने उल्लेख गर्दै उपनेता पराजुलीले सबै क्षेत्रलाई दलीयकरणबाट मुक्त गराउने सरकारको अभियान रहेको बताउनुभयो ।

    ूविगतमा विद्यालय र शिक्षा क्षेत्रलाई दलको कार्यकर्ता उत्पादन गर्ने ठाउँ बनाउने प्रयास गरियो,ू उपनेता पराजुलीले भन्नुभयो, ूअबको नयाँ पुस्ता राष्ट्र निर्माणका लागि सक्षम नागरिक उत्पादन गर्न चाहन्छ । सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत सबै क्षेत्रबाट दलीयकरण हटाएर सक्षम कर्मचारीतन्त्र निर्माण गर्ने लक्ष्य लिएको छ ।ू

    उहाँले थप्नुभयो, ूअब सबै ठाउँमा दलीयकरण गर्ने सपना त्याग्न म अनुरोध गर्दछु । यो सरकारले आर्थिक रूपान्तरण (इकोनोमिक डिपार्चर) को सपना बोकेको छ । सुशासन र सेवा प्रवाहका लागि सबै निकायलाई दलीयकरणबाट उन्मुक्ति दिने कुरामा हामी प्रतिबद्ध छौँ र त्यसको सुरुआत भइसकेको छ ।ू

    पाँचबुँदे सहमतिमा सुशासनलाई प्राथमिकता दिएको उल्लेख गर्दै उपनेता पराजुलीले वर्तमान व्यवस्थाभित्रै रहेर यसको उत्कृष्ट अभ्यासमार्फत जनतालाई सुशासनको अनुभूति गराइने विश्वास दिलाउनुभयो ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट