काठमाडौं । सांसद तथा पूर्वगृहमन्त्री सुधन गुरुङ ले आफूविरुद्ध गठन गरिएको छानबिन समितिले सत्यतथ्य बाहिर ल्याउनेमा आफू विश्वस्त रहेको बताएका छन् । उनले आफूबाट कुनै गल्ती भएको प्रमाणित भए वर्तमान सरकारले कुनै पनि हालतमा नजोगाउने र कानुनी कारबाही गर्ने बताए । आफूले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै गुरुङले सरकार निष्पक्ष ढंगले अघि बढ्ने विश्वास व्यक्त गरे ।
गुरुङले भने, “हाम्रो सरकारले कसैलाई पनि छाड्दैन । हाम्रै श्रममन्त्रीलाई समेत सरकारले कारबाहीको दायरामा ल्यायो भने मलाई पनि कुनै हालतमा छाड्दैन । पहिलेजस्तो राजनीतिक प्रभाव प्रयोग गरेर जोगाउने प्रवृत्ति अहिले छैन ।”
उनले छानबिन समिति गठन हुनुअघि नै दलका शीर्ष नेताहरूले आफूलाई कुनै गलत काममा संलग्नता भए/नभएको विषयमा प्रश्न गरेको समेत बताए । “गलत भएको प्रमाणित भए कारबाही हुन्छ भनेर पहिल्यै भनिएको थियो । म ढुक्क छु, मैले कुनै गलत काम गरेको छैन,” उनले भने ।
यसैबीच, एलिजा गुरुङ ले नेपाली उत्पादनमा आधारित महिलामुखी कपडा पसल ‘चिनो’ को उद्घाटन गरेकी छन् । नेपाली उत्पादन तथा महिला उद्यमशीलतालाई प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको उक्त पसल उद्घाटन कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया