logo

२०८३ बैशाख २९ मंगलवार

logo
  • २०८३ बैशाख २९ मंगलवार
  • ‘लालीबजार’ हेरेपछि दर्शक भावुक, कलाकार टोली अब मोफसलमा

    733Shares
    ‘लालीबजार’ हेरेपछि दर्शक भावुक, कलाकार टोली अब मोफसलमा

    काठमाडौं ।लालीबजारको कलाकार तथा निर्माण टिम दर्शकसँग प्रत्यक्ष भेटघाट गर्न मोफसल यात्रामा निस्किने भएको छ । वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आएको फिल्मको टोलीले आजदेखि सुर्खेतबाट यात्रा सुरु गर्दै नेपालगञ्जसहित अन्य सहरमा पनि दर्शकसँग साक्षात्कार गर्ने जनाएको छ ।

    मोफसल यात्रामा अभिनेत्री Swastima Khadka, अभिनेता Rabindra Singh Baniya, निर्देशक Yam Thapa तथा कार्यकारी निर्माता एवं पटकथाकार Pradeep Bhattarai लगायत सहभागी हुनेछन् ।

    फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको निर्माण टिमले जनाएको छ । विशेषगरी परिवारसहित हलमा पुग्ने दर्शकको संख्या बढ्दै गएको र वादी समुदायका अभियन्ताले समेत सामाजिक सञ्जालमार्फत फिल्मको प्रशंसा गरिरहेको बताइएको छ ।

    कार्यकारी निर्माता प्रदीप भट्टराईका अनुसार प्रदर्शनको पहिलो दिनदेखि नै काठमाडौँ उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट भइरहेको छ । अब मोफसलका दर्शकसँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको प्रतिक्रिया बुझ्ने उद्देश्यले टोली बाहिरिन लागेको उनले बताए ।

    उनले दर्शकको मायाप्रति आभार व्यक्त गर्दै मोफसलका विभिन्न सहरमा पुगेर सरप्राइज भेटघाट गरिने जानकारी दिए ।

    फिल्मले आमाको महत्व, छोरीप्रतिको जिम्मेवारी र एकल आमाको संघर्षलाई प्रभावकारी रूपमा प्रस्तुत गरेको भन्दै दर्शक भावुक बनेको प्रतिक्रिया दिएका छन् ।

    फिल्ममार्फत अभिनेता विशाल देवकोटा र कन्टेन्ट क्रिएटर प्रशंसा सुवेदीले डेब्यु गरेका छन् । प्रशंसाले फिल्ममा स्वस्तिमा खड्काको छोरीको भूमिका निर्वाह गरेकी छन् ।

    निर्देशक यम थापाको कथा तथा निर्देशन रहेको फिल्मको पटकथा र संवाद यम थापा र प्रदीप भट्टराईले संयुक्त रूपमा तयार गरेका हुन् । फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराललगायत कलाकारहरूको अभिनय रहेको छ ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २९, मंगलवार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट