logo

२०८३ बैशाख २१ सोमबार

logo
  • २०८३ बैशाख २१ सोमबार
  • मन्त्रालय पुनर्संरचना तयारी अन्तिम चरणमा, ४ खारेज र ६ को नाम परिवर्तन हुने

    748Shares
    मन्त्रालय पुनर्संरचना तयारी अन्तिम चरणमा, ४ खारेज र ६ को नाम परिवर्तन हुने

    काठमाडौँ। सरकारले संघीय सरकारका मन्त्रालय पुनर्संरचना गर्ने तयारीलाई अन्तिम चरणमा पुर्‍याएको छ। केही मन्त्रालय खारेज गर्ने र केहीलाई गाभेर नयाँ नाम दिने योजनामा सरकार अघि बढेको हो।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयनिकट स्रोतका अनुसार ४ वटा मन्त्रालय खारेज गर्ने तयारी गरिएको छ भने ६ वटा मन्त्रालयको नाम परिवर्तन गरिनेछ। केही जिम्मेवारी भने हालका मन्त्रालयबाट छुट्याएर प्रधानमन्त्री मातहत राख्ने तयारी पनि भइरहेको जनाइएको छ।

    स्रोतका अनुसार सम्भवतः यही हप्ताभित्र पुनर्संरचनासम्बन्धी निर्णय टुंगिनेछ। यसका लागि प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा ५ सदस्यीय कार्यदल गठन गरिएको थियो।

    कार्यदलले संघमा कुल १७ मन्त्रालय कायम रहने प्रस्ताव गरेको छ। प्रस्तावअनुसार युवा तथा खेलकुद, खानेपानी तथा सरसफाइ, शहरी विकास तथा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय खारेज गर्ने तयारी छ।

    युवा तथा खेलकुद मन्त्रालयलाई छुट्याएर खेलकुद क्षेत्रलाई शिक्षा मन्त्रालयसँग गाभी “शिक्षा तथा खेलकुद मन्त्रालय” बनाइनेछ। त्यस्तै, युवासम्बन्धी विषयलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामाजिक सुरक्षा क्षेत्रसँग समायोजन गरी “लैंगिक समानता तथा सामाजिक विकास मन्त्रालय” बनाउने तयारी छ।

    खानेपानी तथा सरसफाइ मन्त्रालयअन्तर्गत सरसफाइ क्षेत्रलाई स्वास्थ्य मन्त्रालयमा गाभिनेछ भने खानेपानी र शहरी विकासलाई भौतिक पूर्वाधार मन्त्रालयमा समेटी “एकीकृत भौतिक पूर्वाधार मन्त्रालय” बनाउने योजना रहेको छ।

    यसैबीच, भौतिक पूर्वाधार मन्त्रालयबाट यातायात क्षेत्रलाई छुट्याएर श्रम क्षेत्रसँग जोड्ने आन्तरिक तयारी पनि सरकारले अघि बढाएको छ।



    फास्ट न्युज    
  • २०८३ बैशाख २१, सोमबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार