logo

२०८३ बैशाख १८ शुक्रबार

logo
  • २०८३ बैशाख १८ शुक्रबार
  • नेपालको रोमाञ्चक जित: युएई ६ रनले पराजित

    724Shares
    नेपालको रोमाञ्चक जित: युएई ६ रनले पराजित

    काठमाडौँ । नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत शुक्रबार सम्पन्न खेलमा युएईलाई ६ रनले पराजित गरेको छ।

    वर्षाले प्रभावित बनेको खेलमा संशोधित लक्ष्य पछ्याएको युएईले ३८ ओभरमा ८ विकेट गुमाउँदै २४८ रन मात्र बनाउन सक्यो। नेपालले युएईलाई ३८ ओभरमा २५५ रनको लक्ष्य दिएको थियो।

    युएईका लागि मुहमद शहजादले सर्वाधिक ६५ रन बनाए भने खुजैमा तनवीरले ४९, आकाशदीप नाथले ३६ र आर्यांश शर्माले ३३ रनको योगदान दिए।

    नेपालका बलरमध्ये सन्दीप लामिछानेले ३ विकेट लिए भने सोमपाल कामी र नन्दन यादवले समान २–२ विकेट लिए।

    यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २८९ रन बनाएको थियो। नेपालका लागि दीपेन्द्र सिंह ऐरीले उत्कृष्ट शतक प्रहार गरे। विनोद भण्डारीले ५६, गुलशन झाले ४४ र कप्तान रोहित पौडेलले ३९ रन बनाए। अर्जुन कुमाल र आरिफ शेखले समान ११–११ रन जोडे।

    युएईका बलर जुनैद सिद्धिकी र अजय कुमारले २–२ विकेट लिए।

    यस जितसँगै नेपालले लिग–२ मा २३ खेलबाट १६ अंक जोडेको छ भने युएईको २३ खेलमा १२ अंक रहेको छ। सिरिजअन्तर्गत अबको खेल आइतबार ओमान र युएईबीच हुनेछ।



    फास्ट न्युज    
  • २०८३ बैशाख १८, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट