काठमाडौँ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चाँडै चतुरता देखाउन ९स्मार्ट हुन० र आणविक कार्यक्रमहरूमा कडा नियन्त्रणको माग पूरा गर्न चेतावनी दिएका छन् ।
अमेरिकी नौसैनिक नाकाबन्दीले इरानको अर्थतन्त्रलाई निकै कसिलो बनाउन थालेपछि ट्रम्पको यो चेतावनी आएको हो ।
अमेरिकी सञ्चारमाध्यमहरूका अनुसार, ट्रम्पले इरानको शान्ति प्रस्तावलाई खारेज गर्ने मनस्थिति बनाइसकेका छन् । इरानले आफ्नो पछिल्लो प्रस्तावमा होर्मुज जलमार्ग खोल्ने र इरानी बन्दरगाहहरूको नाकाबन्दी अन्त्य गर्ने प्रस्ताव राखेको थियो । यसका साथै आणविक कार्यक्रमबारे अर्को चरणको वार्तामा छलफल गर्ने प्रस्ताव पनि गरिएको थियो ।
ट्रम्पले सामाजिक सञ्जाल प्लेटफर्म ‘ट्रुथ’मा लेखेका छन्, “इरानले आफ्ना सबै कामहरू एकैसाथ गर्न सक्दैन ऊ चाँडै स्मार्ट हुनसके राम्रो हुनेछ ।”
इरान युद्ध सुरु भएदेखि नै इरानले तेल र ग्यास आपूर्तिका लागि महत्त्वपूर्ण मानिने ‘होर्मुज जलमार्ग’ बन्द गरिदिएको छ । यसका कारण विश्वभरको अर्थतन्त्रले ठूलो दबाब झेलिरहेको छ ।
© 2026: Fast news मा सर्वाधिक सुरक्षित छ । बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा
Developed by: Webbank nepal Pvt.Ltd
प्रतिक्रिया