logo

२०८३ जेष्ठ १९ मंगलवार

logo
  • २०८३ जेष्ठ १९ मंगलवार
  • पुर्व मन्त्री दीपक खड्कालाई छाड्न सर्वोच्चको आदेश, देश छाड्न भने अनुमति लिनुपर्ने

    910Shares
    पुर्व मन्त्री दीपक खड्कालाई छाड्न सर्वोच्चको आदेश, देश छाड्न भने अनुमति लिनुपर्ने

    काठमाडौँ – कांग्रेस नेता एवं पूर्वऊर्जा मन्त्री दीपक खड्कालाई थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको
    सम्पत्ति शुद्धिकरण मुद्दाको अनुसन्धानका लागि थुनामा रहेका पुर्व मन्त्री खड्कालाई बन्दीप्रत्यक्षीकरणको निवेदनमार्फत छाड्न सर्वोच्चले आदेशदिएको हो। खड्कालाई छाड्न आदेश दिए पनि उनलाई विदेश जान भने अदालतको अनुमति चाहिने भएको छ।

    बिहीबार कायम मुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल न्यायाधीश श्रीकान्त पौडेलको संयुक्त इजलासले श्रीमती विनिता थापाले दायर गरेकोनिवेदनमा सुनुवाइ गर्दै खड्कालाई थुना बाहिरै राखेर अनुसन्धान गर्न भनेका हो।

    संयुक्त इजलासले खड्काको थुना कानुनसम्मत नभएको ठहर गर्दै अनुसन्धान भइरहेको अभियोगमा मिलापत्र हुनसक्ने पनि जनाएको छ।

    उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले चैत १५ गते पक्राउ गरेको थियो



    फास्ट न्युज    
  • २०८३ बैशाख ४, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट