logo

२०८२ चैत्र २० शुक्रबार

logo
  • २०८२ चैत्र २० शुक्रबार
  • ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि राजीनामा दिन भने

    766Shares
    ट्रम्पले महान्यायाधिवक्ता बोन्डीलाई पदबाट हटाए, सेना प्रमुखलाई पनि राजीनामा दिन भने

    काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता पाम बोन्डीलाई पदबाट हटाएका छन्।सँगसँगै, अमेरिकी रक्षामन्त्री पिट हेगसेथले सेना प्रमुख र्‍यान्डी जर्जलाई पदबाट राजीनामा दिन आग्रह गरेका छन्।
    बालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको भन्दै जेल सजाय भोगेका जेफ्री एपस्टिनसँग सम्बन्धित फाइल सार्वजनिक गर्ने विषयमा उनको कामप्रति असन्तुष्टि जनाउँदै ट्रम्पले बिहीबार महान्यायाधिवक्ता बोन्डीलाई हटाउने निर्णय गरेका हुन्।अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले सरकारी स्रोतहरूलाई उद्धृत गर्दै लेखेको छ, ‘ट्रम्पले आफ्ना आलोचक र विपक्षीहरूविरुद्ध मुद्दा चलाउन बोन्डीले अपेक्षाअनुसार छिटो काम नगरेको महसुस गरेका थिए।’

    ट्रम्पले सामाजिक सञ्जालमार्फत दिएको जानकारी अनुसार, उप–महान्यायाधिवक्ता टोड ब्लान्चले अस्थायी रूपमा महान्यायाधिवक्ता कार्यालयको नेतृत्व गर्नेछन्। ब्लान्च पहिले ट्रम्पका व्यक्तिगत वकिल पनि थिए।
    यसैबीच इरानसँगको जारी युद्धका बीच अमेरिकी रक्षामन्त्री पिट हेगसेथले आर्मी चिफ अफ स्टाफ र्‍यान्डी जर्जलाई राजीनामा दिन भनेका छन् । पेन्टागनका मुख्य प्रवक्ता सिन पार्नेलले सामाजिक सञ्जालमार्फत् जर्ज अमेरिकी सेनाको ४१ औं चिफ अफ स्टाफको पदबाट निवृत्त हुन लागेका जानकारी दिएका छन् ।



    फास्ट न्युज    
  • २०८२ चैत्र २०, शुक्रबार
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट